दफा ४५
उजुरी दिन सक्ने
(१) यो ऐन वा यस “ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही भएक्रो कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफूसँग भएको जानकारी वा सबुद प्रमाण सहित विभाग वा कार्यालय समक्ष लिखित मौखिक वा विद्युतीय माध्यम मार्फत उजुरी दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ।
(३) उजुरी/सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ।
(३) उजुरी/सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।